SHARE
अन्नपूर्ण · आइबार​ २१ असार २०८३ ११:०० AM · 1 मिनेट पढाइ

अमेरिका-इरान शान्ति सम्झौता बिथोल्न इजरायल लागिपरेको अर्दोआनको आरोप

इस्तानबुल : टर्कीका राष्ट्रपति रेचेप तैय्यप अर्दोआनले अमेरिका र इरानबीचको शान्ति सम्झौतालाई बिथोल्न इजरायललाई अनुमति दिन नहुने बताएका छन्। शनिबार इस्तानबुलमा पाकिस्तानी प्रधानमन्त्री शहबाज सरिफसँगको संयुक्त पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै राष्ट्रपति अर्दोआनले सो कुरा बताएका हुन्।उनले क्षेत्रीय देशहरूको समर्थन र सहयोग बिना मध्यपूर्वमा शान्ति स्थापना गर्ने प्रयास सफल हुन नसक्ने स्पष्ट पारेका छन्।