SHARE
पर्दाफास · आइबार​ २१ असार २०८३ ०४:४५ AM · 1 मिनेट पढाइ

बालेन सरकारको एकसय दिन : सय वुँदे वाचा पत्रभित्र दर्जनौं प्रश्न

कुनै पनि नयाँ सरकारका लागि पहिलो एकसय दिनलाई ‘हनिमुन पिरियड’ मानिन्छ । यही अवधिमा सरकारले आफ्नो प्राथमिकता, कार्यशैली र राजनीतिक इच्छाशक्तिको प्रारम्भिक संकेत दिन्छ । प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले पनि सय दिन पूरा गरेको सन्दर्भमा सरकारले गरेका काम, अपूर्ण रहेका प्रतिबद्धता तथा देखिएका चुनौतीहरूको समीक्षा आवश्यक छ ।