SHARE
अन्नपूर्ण · आइबार​ २१ असार २०८३ १०:०० AM · 1 मिनेट पढाइ

खामेनीको अन्तिम श्रद्धाञ्जलिका लागि उर्लियो जनसागर, गुञ्जियो 'अमेरिका विरोधी' नारा

तेहरान : इरानका पूर्व सर्वोच्च नेता आयातुल्लाह अली खामेनीको राजकीय अन्त्येष्टिमा शनिबार तेहरानका सडकहरूमा विशाल जनसागर उर्लिएको छ।छ दिनसम्म चल्ने यस अन्त्येष्टि कार्यक्रमको पहिलो दिन 'ग्रान्ड मोसल्ला मस्जिद' मा बिहानैदेखि लाखौँ मानिस अन्तिम श्रद्धाञ्जलिका लागि आएका थिए। अधिकारीहरूका अनुसार, यो पूरा कार्यक्रम अवधिभर १.५ करोडदेखि २ करोडसम्म मानिसहरू सहभागी हुन सक्ने अनुमान गरिएको छ।खामेनीको कफिनलाई इरानी झण्डामा बेरेर मञ्चमा राखिएको थियो।