SHARE
अन्नपूर्ण · आइबार​ २१ असार २०८३ १०:०० AM · 1 मिनेट पढाइ

सीमा क्षेत्रमा हुने चोरी–तस्करी र अवैध कारोबार रोक्न गृहमन्त्री गुरुङको निर्देशन

सुनसरी : गृहमन्त्री सुधन गुरुङले नेपाल–भारत सीमा क्षेत्रमा हुने चोरी–तस्करी, अवैध कारोबार तथा अन्य गैरकानुनी गतिविधिमाथि नियन्त्रण गर्न सशस्त्र प्रहरीलाई निर्देशन दिएका छन्।सुनसरीको पकलीस्थित सशस्त्र प्रहरी बल, नेपाल नंम्बर १ वराह बाहिनी मुख्यालयको निरीक्षण तथा अनुगमनका क्रममा आयोजित कार्यक्रममा सम्बोधन गर्दै मन्त्री गुरुङले सीमा सुरक्षालाई थप प्रभावकारी बनाउन, तस्करी नियन्त्रणमा कुनै सम्झौता नगर्न र कानुन कार्यान्वयनमा दृढताका साथ परिचालन हुन निर्देशन दिएका हुन्।