सरकारको सय दिनप्रति नागरिकरु भन्छन्- आशा धेरै, नतिजाको पर्खाइ अझै
जेनजी पुस्ताको आन्दोलनबाट उदाएको प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकार गठन भएको एकसय दिन पूरा भएको छ । पुराना राजनीतिक दलहरु भन्दा फरक र पृथक मानिएको राष्ट्रिय स्वतन्त्र पार्टीको नेतृत्वमा बनेको सरकारप्रति बहुसंख्यक नेपाली आशावादी छन् । पैदल यात्रु, चोक–चौतारा, सभा सम्मेलन वा सामान्य जमघटमा सरकारको दैनिक क्रियाकलापबारे चर्चा र वहस भइरहेको छ ।
