होर्मुज स्ट्रेटमा सैन्य तैनाथीको तयारीप्रति इरानको आपत्ति, बेलायत र फ्रान्सलाई दियो 'गम्भीर चेतावनी'
तेहरान : इरानले होर्मुज स्ट्रेट (जलडमरूमध्य) मा बाह्य मुलुकहरूको सैन्य उपस्थितिलाई लिएर बेलायत र फ्रान्सलाई कडा चेतावनी दिएको छ। इरानका उपविदेश मन्त्री काजेम गरिबाबादीले दुवै देशको संयुक्त वक्तव्यप्रति आपत्ति जनाउँदै यस क्षेत्रमा हुने कुनै पनि सैन्य गतिविधिका लागि चेतावनी दिएका हुन्।यसअघि बेलायत र फ्रान्सले शुक्रबार एउटा संयुक्त विज्ञप्ति जारी गर्दै होर्मुज स्ट्रेटलाई 'वैश्विक अर्थतन्त्रको जीवनरेखा' को रूपमा चित्रण गरेका थिए।
