SHARE
अन्नपूर्ण · आइबार​ २१ असार २०८३ ०८:०० AM · 1 मिनेट पढाइ

दैलेख दुर्घटना : न गाडी भेटियो, न त यात्रु नै !

दैलेख : बिहीबार बिहान साढे ११ बजे कर्णाली राजमार्गमा एक यात्रुवाहक फोर्स गाडी दुर्घटनामा पर्‍यो। दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–७ सांगेतडा क्षेत्रमा सुर्खेतबाट कालीकोटतर्फ जाँदै गरेको उक्त गाडी दुर्घटनामा परेको हो।सडकबाट करिब ५ सय मिटर तल कर्णाली नदीमा खसेको सो गाडी ३ दिन बितिसक्दासमेत भेटिएको छैन भने यात्रुहरू पनि बेपत्ता छन्।