SHARE
पर्दाफास · आइबार​ २१ असार २०८३ ०१:४७ AM · 1 मिनेट पढाइ

चितवनमा जंगली हात्तीको आक्रमणबाट आमाछोराको मृत्यु

चितवनको भरतपुर महानगरपालिका-२३ बेलहट्टामा जंगली हात्तीको आक्रमणमा परी आमा र छोराको दर्दनाक मृत्यु भएको छ। चितवन राष्ट्रिय निकुञ्ज र यसको मध्यवर्ती क्षेत्र आसपासबाट बस्तीमा पसेको जंगली हात्तीले शनिबार मध्यरातमा स्थानीय एक कच्ची घरमा आक्रमण गर्दा यो दुःखद घटना घटेको हो।