सय दिनबाट अपेक्षा
पहिलेका ठूला दल र तिनका नेताहरूका कार्यशैलीमाथि प्रश्नै प्रश्न उठाएर जवाफ दिने ठाउँमा पुगेको वर्तमान वालेन्द्र शाह नेतृत्वको सरकारले काम थालेको सय दिन कटाएको छ। सय दिनको ‘हनिमुन पिरियड’ सम्म रचनात्मक सुझाव र अपेक्षा पाइरहने सुविधा यो सरकारले पनि पायो।प्रधानमन्त्री शाहदेखि मन्त्रिमण्डलका प्रायः सबै सदस्य युवा उमेरका हुँदा कतिपय काम यो बीचमा अपरिपक्व तवरले हुँदा पनि आँखा चिम्लिने परिस्थिति बन्नु यो सरकारका लागि ‘विशेष छुट’ थियो।
