SHARE
अन्नपूर्ण · आइबार​ २१ असार २०८३ ०७:०० AM · 1 मिनेट पढाइ

हारेर पनि केप भर्डेले जितेको मन

काठमाडौं : विश्व फुटबलमा प्रायः विजेता टोली र तिनका खेलाडीको मात्रै चर्चा र परिचर्चा हुन्छ। तर, कहिलेकाहीँ यस्ता टोली पनि हुन्छ, जसले खेल र उपाधि जित्दैनन्। तर, आफ्नो साहस, संघर्ष र खेलभावनाले विश्वभरका समर्थकको मन जित्छन्। यस पटकको फिफा विश्वकप २०२६ मा अफ्रिकी राष्ट्र केप भर्डेले पनि यस्तै चर्चा बटुल्यो। आमदर्शकको मन जित्न सफल भयो। करिब ५ लाख जनसंख्या भएको एउटा सानो द्विपीय राष्ट्रले पहिलो विश्वकप सहभागितामै संसारलाई चकित बनायो।