SHARE
अन्नपूर्ण · आइबार​ २१ असार २०८३ ०७:०० AM · 1 मिनेट पढाइ

सरकारको सारा शक्ति सुशासनमा

काठमाडौं : सरकारले आफ्नो कार्यकालको पहिलो १०० दिनमा शासकीय सुधार, सार्वजनिक सेवा प्रवाह, सुशासन र डिजिटल शासनलाई प्रमुख उपलब्धिका रूपमा प्रस्तुत गरेको छ। सरकारले १०० दिनमा, २०८२ चैत १३ गते गठन भएकै दिन मन्त्रिपरिषदको पहिलो बैठकबाट शासकीय सुधारका एक सय कार्यसूची स्वीकृत गरी कार्यान्वयनमा ल्याएको छ। ती कार्यसूची कार्यान्वयनका लागि समयसीमा, जिम्मेवार मन्त्रालय तथा निकाय र कार्यसम्पादन सूचकसमेत निर्धारण गरिएका थिए।