SHARE
अन्नपूर्ण · शनिबार २० असार २०८३ ११:०० PM · 1 मिनेट पढाइ

आज राति देशका यी स्थानमा हुनेछ भारी वर्षा, केही ठाउँमा चट्याङ पर्ने सम्भावना

काठमाडौं : आज राति देशका हिमाली र पहाडी भू-भागमा साधारणतया बादल लाग्नेछ।  गण्डकी, लुम्बिनी, र सुदूरपश्चिम प्रदेशका तराई भू-भागमा पनि साधारणतया बादल लाग्नेछ। कोशी, मधेश र बागमती प्रदेशका तराई भू-भागमा आंशिक बादल लाग्नेछ। जल तथा मौसम विज्ञान विभागका अनुसार देशका हिमाली र पहाडी भू-भागका केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ।