जलस्रोतको आफ्नै कुव्यवस्थापन लुकाउन भारतविरुद्ध पाकिस्तानको झूटो भाष्य
सिन्धु जल सम्झौतालाई लिएर पाकिस्तानका पत्रपत्रिका, अनलाइन फोरमलगायत विभिन्न माध्यमहरूमा धेरै भ्रामक सूचनाहरू फैलाइँदै छन्। त्यहाँका कथित सम्भ्रान्त वर्ग वा विद्वान्हरूद्वारा लेखिएका लेखहरू तथ्यविहीन छन् र पाकिस्तानमा जनमत सिर्जना गर्न बुनिएका सामान्य बयानबाजी मात्र हुन्। यद्यपि भारतले हालः यस सम्झौतालाई थातीमा राखेको छ, पाकिस्तानमा व्यापक रूपमा चर्चा गरिएको तथाकथित पानी अभावको वास्तविक समस्यालाई नियाल्नु महत्त्वपूर्ण छ।
