SHARE
अन्नपूर्ण · शनिबार २० असार २०८३ १०:०० PM · 1 मिनेट पढाइ

गुल्मीकी २४ वर्षीया युवतीले दिइन् ४ छोरीको जन्म, कस्तो छ आमा र बच्चाको अवस्था ?

प्युठान : गुल्मीको मदाने गाउँपालिका–५ की २४ वर्षीया विष्णु विकले ४ बच्चाको जन्म दिएकी छन्। शनिबार बिहान घरमै एउटा, अस्पताल आउँदै गर्दा बाटोमा एउटा र प्युठान अस्पताल विजुवारमा दुई जना बच्चालाई जन्म दिएकी हुन्।घरमा र बाटोमा जन्म भएका दुई छोरीको ज्यान गइसकेको र अस्पतालमा जन्म भएका दुई छोरीको अवस्था ठीक रहेको प्युठान अस्पताल विकास समितिका अध्यक्ष रोयल कृष्ण (कृष्ण बसेल)ले बताएका छन्। तीन दिनअघि बुटवलमा उपचारका क्रममा ४ वटा बच्चा रहेको स्वास्थ्यकर्मीले बताएका थिए।