SHARE
अन्नपूर्ण · शनिबार २० असार २०८३ १०:०० PM · 1 मिनेट पढाइ

सरकारका १०० दिन र कार्यक्रमका बारेमा कांग्रेसले आइतबार छलफल गर्दै

काठमाडौं : नेपाली कांग्रेसले सरकारका १०० दिन र १०० बुँदे कार्यक्रमका बारेमा भोलि छलफल गर्ने भएको छ। नेपाली कांग्रेस संसदीय मामिला सहजीकरण संयन्त्रले उक्त कार्यक्रम गर्न लागेको हो। कार्यक्रम भोलि बिहान ११ बजे पार्टीको केन्द्रीय कार्यालय सानेपामा हुनेछ।