SHARE
अन्नपूर्ण · शनिबार २० असार २०८३ ०९:०० PM · 1 मिनेट पढाइ

युक्रेनले प्रमुख रूसी तेल टर्मिनलमा आक्रमण गरेपछि रूसले के भन्यो ?

युक्रेनले प्रमुख रूसी तेल टर्मिनलमा आक्रमण गरेको छ। युक्रेनले हिजो राति रुसको उत्तरपश्चिमस्थित दोस्रो ठूलो शहर सेन्ट पिटर्सबर्गमा रहेको एक प्रमुख तेल टर्मिनलमा आक्रमण गरेको हो।   युक्रेनी राष्ट्रपति भ्यालिदिमर जेलेन्स्कीले यस क्षेत्रमा रहेको एक प्रमुख रूसी नौसेना अड्डामा पनि आक्रमण गरिएको बताएका छन्। सेन्ट पिटर्सबर्गका गभर्नर अलेक्ज्याण्डर बेग्लोभले शहर ठूलो ड्रोन आक्रमणबाट प्रभावित भएको बताए। उनले  तेल टर्मिनलमा क्षति भएको स्वीकार गरे। उनले कुनै पनि हताहतबारे जानकारी दिएनन्।