SHARE
अन्नपूर्ण · शनिबार २० असार २०८३ ०८:०१ PM · 1 मिनेट पढाइ

सरकारले गलत काम गर्दा पनि कसैले बोल्ने आँट गरेनन् : प्रचण्ड

काठमाडौं : नेपाली कम्युनिस्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले सरकारका गलत कामका विरुद्ध आन्दोलन गर्ने चेतावनी दिएका छन्। शनिबार रुपन्देहीको बुटवलमा नेकपा लुम्बिनी प्रदेश समितिको प्रथम एकता बैठक तथा प्रशिक्षण कार्यक्रममा प्रचण्डले अहिले सरकारले गलत काम गर्दा पनि कसैले बोल्ने आँट नगरेको भन्दै नेकपा केही महिनापछि आन्दोलनमा जाने चेतावनी दिएका हुन्। नेकपा ‘बोल्ने बेला आउला’ भनेर बसिरहेको उल्लेख गर्दै प्रचण्डले आवश्यक परे बोल्ने मात्रै नभइ राम्रोसँग लड्ने तर्क गरे।