SHARE
अन्नपूर्ण · शनिबार २० असार २०८३ ०८:०१ PM · 1 मिनेट पढाइ

झापाको अर्जुनधारामा ब्राउन सुगरसहित एकजना पक्राउ

झापा : झापाको अर्जुनधारामा ब्राउन सुगरसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा अर्जुनधारा नगरपालिका–८ का ४१ वर्षीय सरोज गहतराज रहेका छन्। अर्जुनधारा नगरपालिका–८ सब्जीलाइन क्षेत्रमा शनिबार अपराह्न करिब ३ बजे लागूऔषध नियन्त्रण ब्यूरो काँकडभिट्टा र प्रहरी चौकी शनिश्चरेबाट खटिएको संयुक्त टोलीले बिर्तामोडबाट शनिश्चरेतर्फ आउँदै गरेको बा ५७ प ७७३३ नम्बरको मोटरसाइकल रोकी जाँच गरेको थियो।