सीमादेखि ब्यारेकसम्म गृहमन्त्री गुरुङको स्थलगत अनुगमन
विराटनगर : गृहमन्त्री सुधन गुरुङले शनिबार कोशी प्रदेशको राजधानी विराटनगरमा दिनभर विभिन्न सुरक्षा तथा प्रशासनिक निकायको स्थलगत निरीक्षण गर्दै नेपाल–भारत सीमा सुरक्षा, प्रहरीको भौतिक अवस्था, प्रशासनिक सेवा प्रवाह र सीमावर्ती क्षेत्रको चुनौतीका बारेमा प्रत्यक्ष जानकारी लिएका छन्। उनले सीमा सुरक्षालाई प्रभावकारी बनाउन तथा प्रहरी संगठनको भौतिक पूर्वाधार सुदृढ गर्न सरकार प्रतिबद्ध रहेको बताए।
