SHARE
अन्नपूर्ण · शनिबार २० असार २०८३ ०६:०० PM · 1 मिनेट पढाइ

राष्ट्रियसभाबाट चार विधेयक पारित

काठमाडौं : राष्ट्रियसभाले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त बिभिन्न चार विधेयकहरु स्वीकृत गरेको छ । शनिबार बसेको बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहका तर्फबाट कानूनमन्त्री  सोविता गौतमले प्रस्तुत गरेको प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको हो ।