खेलाउँदै गरेको सर्पले डस्दा युवकको मृत्यु
अर्घाखाँची : अर्घाखाँचीमा खेलाउँदै गरेको सर्पले डसेर एक युवकको डसेर ज्यान गएको छ । छत्रदेव गाउँपालिका–१ चिदिका बडडाँडाका २३ वर्षीय पुष्कर कुमालको सर्पले टोकेपछि उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख डीएसपी दिवस जिसीले जानकारी दिएका छन् । कुमालले सर्प समातेर खेलाउने क्रममा शुक्रबार साझ अचानक सर्पले टोकेपछि उनी गम्भीर घाइते भएका थिए ।
