SHARE
पर्दाफास · शनिबार २० असार २०८३ ११:५१ AM · 1 मिनेट पढाइ

कर्णालीमा खसेको गाडी खोज्न सोनार क्यामरा र म्याग्नेटसहितको गोताखोर टोली परिचालन

दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका–७ साङ्गेताडास्थित कर्णाली राजमार्गमा भएको सवारी दुर्घटनामा बेपत्ता भएको गाडी र यात्रुको खोजीका लागि सशस्त्र प्रहरी बल नेपालले अत्याधुनिक उपकरणसहित खोजी तीव्र बनाएको छ। सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय, कुरिनटारबाट सशस्त्र प्रहरी निरीक्षक प्रेमबहादुर तामाङको कमाण्डमा चार जना गोताखोरसहितको टोली असार १९ गते घटनास्थलतर्फ पठाइएको थियो।