SHARE
अन्नपूर्ण · शनिबार २० असार २०८३ ०५:०० PM · 1 मिनेट पढाइ

सरकारको १०० दिनमा ६,१३४ राष्ट्रसेवक कर्मचारी कारबाहीमा

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वको सरकारले आफ्नो सय दिनको अवधिमा ६,१४५ राष्ट्रसेवक कर्मचारीलाई कारवाहीका लागि सिफारिस गरेको जनाएको छ ।बालेन शाह नेतृत्वको सरकारका १०० दिनका उपलब्धीबारे जानकारी गराउँदै शिक्षा तथा खेलकुद मन्त्री समेत रहेका सरकारका प्रवक्ता सस्मित पोखरेलले यस अवधिमा ७८७ वटा कार्यालय र आयोजनाहरुको अनुगमन र निरीक्षण गरिएको जानकारी दिँदै ६१४५ राष्ट्रसेवक कर्मचारीमाथि आवश्यक कारवाहीका लागि सम्बन्धित निकायलाई सिफारिस गरिएको जानकारी दिएका छन् ।