SHARE
अन्नपूर्ण · शनिबार २० असार २०८३ ०५:०० PM · 1 मिनेट पढाइ

बालेन सरकारले गर्यो १५ सय राजनीति नियुक्ति खारेज

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वको सरकारले आफ्नो सय दिनको अवधिमा १५ सय राजनीतिक नियुक्ति खारेज गरेको छ । बालेन शाह नेतृत्वको सरकारका १०० दिनका उपलब्धीबारे जानकारी गराउँदै शिक्षा तथा खेलकुद मन्त्री समेत रहेका सरकारका प्रवक्ता सस्मित पोखरेलले ‘हेल्लो सरकार’ मार्फत १० हजार ९३२ गुनासो प्राप्त भएको जानकारी गराएका छन् ।उनले प्राप्त गुनासोमध्ये ८७७ वटाको समाधान र ३,२८६ गुनासो समाधानको प्रक्रियामा रहेको जानकारी गराएका छन् ।