SHARE
पर्दाफास · शनिबार २० असार २०८३ १०:३७ AM · 1 मिनेट पढाइ

सरकारका एकसय कार्यसूची : स्मार्ट लाइसेन्सदेखि नागरिक एप र टेलिकम सेवामा सुधारसम्मका उपलब्धि

सरकारले शासकीय सुधारका १०० कार्यसूचीअन्तर्गत हालसम्म भएका कामहरु सार्वजनिक गरेको छ । सरकारले सेवा प्रवाह, सूचना प्रविधि, डिजिटल शासन तथा नेपाल टेलिकमको सेवा सुधारमा उल्लेखनीय उपलब्धि हासिल भएको जनाएको हो । सरकारका अनुसार २०८३ असार १६ गतेसम्म २३ लाख ७५ हजार १८१ वटा (८२ प्रतिशत) स्मार्ट सवारी चालक अनुमतिपत्र छपाइ सम्पन्न भएको छ ।