ट्रम्पले खामेनीको अन्त्येष्टिबारे खोले मुख, भने, ‘एक साताको समय दिएका हौ’
अमेरिका : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकासँग सम्झौता गर्न इरान निकै आतुर रहेको दाबी गरेका छन् । उनले अमेरिका इरानका सर्वोच्च नेता रहेका अली खामेनीको अन्त्येष्टि (अन्तिम संस्कार) सम्पन्न गर्नका लागि एक साताको समय दिएको पनि बताएका छन् ।अमेरिका स्थापना भएको २५० वर्ष पूरा हुन लागेको अवसरमा आयोजित ऐतिहासिक सम्बोधनका क्रममा ट्रम्पले यी कुरा बताएका हुन् । उनले माउन्ट रशमोरबाट सम्बोधन गरेका थिए । ट्रम्पले भने, ‘हामीले संसारकै सबैभन्दा बलियो र शक्तिशाली सेना निर्माण गरेका छौं ।
