SHARE
पर्दाफास · शनिबार २० असार २०८३ ०८:१८ AM · 1 मिनेट पढाइ

साङ्लो र म्याद नाघेको सामग्री भेटिएपछि न्युरोडको कर्नर पोइन्ट रेस्टुरेन्टलाई २ लाख १ हजार जरिवाना

काठमाडौंको न्युरोडस्थित कर्नर प्वाइन्ट रेष्टुरेण्ट एण्ड बार प्रालीलाई खाद्य स्वच्छता र गुणस्तरमा गम्भीर लापर्बाही गरेको भन्दै २ लाख १ हजार रुपैयाँ जरिवाना गरिएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग र वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको संयुक्त अनुगमन टोलीले रेस्टुरेन्टमा गम्भीर सरसफाइ र खाद्य सुरक्षा समस्या फेला पारेपछि कारबाही गरेको हो ।