सरकारको सय दिनमा स्वास्थ्य मन्त्रालय : डिजिटल प्रणाली सुरु, चुनौती भने उस्तै
वर्तमान सरकारले कार्यभार सम्हालेको एकसय दिन पूरा गरेको छ । सरकार गठनसँगै सार्वजनिक गरिएको एकसय बुँदे कार्ययोजना अन्तर्गतका कामहरु सबै कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त भएको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पनि यही अवधिमा सेवा सुधार, डिजिटल स्वास्थ्य प्रणाली, अस्पताल व्यवस्थापन, स्वास्थ्य बीमा, आपत्कालीन सेवा तथा स्वास्थ्य पूर्वाधार विस्तारलाई प्राथमिकतामा राखेर काम अघि बढाएको जनाएको छ।
