SHARE
अन्नपूर्ण · शनिबार २० असार २०८३ ०२:०० PM · 1 मिनेट पढाइ

थाइल्याण्डमा ११ वर्षीय बालकले चलाएको गाडीको ठक्करबाट ९ बौद्ध भिक्षुको मृत्यु

बैंकक :  थाइल्याण्डको उत्तर-पूर्वी मुकदाहान प्रान्तमा एक ११ वर्षीय बालकले चलाएको पिकअप ट्रकले ठक्कर दिँदा नौ जना बौद्ध भिक्षुको मृत्यु भएको छ। तीर्थयात्रामा निस्किएका ३५ भिक्षु र पाँच सर्वसाधारणको समूह सडकमा हिँडिरहेका बेला बालकले अनुमति बिना अभिभावकको गाडी चलाएर नियन्त्रण गुमाउँदा उक्त दुर्घटना भएको हो।प्रहरीका अनुसार पाँच जना भिक्षुको घटनास्थलमै र अन्य चार जनाको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।