SHARE
अन्नपूर्ण · शनिबार २० असार २०८३ ०२:०० PM · 1 मिनेट पढाइ

चिन्ताको भुमरी, चिन्तनको किनारा

मानव जीवनको सबैभन्दा ठूलो शक्ति भनेकै सोच्ने क्षमता हो। यही सोच्ने क्षमताले नै मानिसलाई पृथ्वीको सबैभन्दा चेतनशील प्राणी बनाएको हो। मानिसले आफ्नो अनुभव, ज्ञान, भावना र कल्पनालाई विचारमा बदल्न सक्छ। तर, विचारका स्वरूपहरू भने फरक–फरक हुन सक्छन्।कुनै विचारले जीवनलाई सकारात्मक दिशातर्फ डो¥याउँछ, आत्मविश्वास बढाउनुका साथै नयाँ सम्भावनाको ढोका खोल्छ। त्यही विचारलाई ‘चिन्तन’ भनिन्छ।