SHARE
अन्नपूर्ण · शनिबार २० असार २०८३ ०२:०० PM · 1 मिनेट पढाइ

मुलुकको मुहार ‘इको–फ्रेन्डली रोड’ !

तपाईं सडक भन्नासाथ के कल्पना गर्नुहुन्छ ? सायद कालो अलकत्राले पोतिएको पिच बाटो वा भनौं, गाडीहरू हुइँकिने चिल्लो बाटो। तर, आजको एक्काइसौं शताब्दीमा सडकको परिभाषा यत्तिमै सीमित छैन। सडकहरू कति चिल्ला छन् मात्र होइन, ती प्रकृतिसँग कति नजिक छन्, ती हरित सडक बने, बनेनन् र तिनले वातावरणलाई कति जोगाएका छन् भन्ने कुराले सडकको गुणस्तर तय गर्छ।