SHARE
अन्नपूर्ण · शनिबार २० असार २०८३ ०१:०० PM · 1 मिनेट पढाइ

टिपरले ठक्कर दिँदा गम्भीर घाइते, हेलिकप्टरबाट काठमाडौ लगिँदै

रौतहट : रौतहटको चन्द्रपुर–८ अल्टोकी गाउँमा दुर्घटना हुँदा मोटरसाइकल चालक गम्भीर घाइते भएका छन् । चन्द्रपुर नगरपालिका– ९ घर भएका हरिप्रसाद तिमल्सिनालाई  म.प्र ०३–००१ क ३२६२ नम्बरको टिपरले ठक्कर दिँदा उनको टाउकोमा गम्भीर चोट लागेपछि हेलिकप्टरमार्फत काठमाडौ लाने तयारी रहेको आफन्तले जनाएका छन् ।  गम्भीर घाइते तिमल्सिना मानवसेवा आश्रममा एक कार्यक्रम सम्पन्न गरेर घर फर्किने क्रममा दुर्घटना भएको हो  ।