जुवातास खेलिरहेका ११ जना नगदसहित पक्राउ
प्यूठान : स्वर्गद्वारी नगरपालिका–४ बाँझिपुरस्थित एक होटलमा पैसाको हार–जित हुने गरी जुवातास खेलिरहेका ११ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुबाट प्रहरीले १ लाख ८५ हजार ११२ रुपैंया नगद नियन्त्रणमा लिएको छ ।गोप्य सूचनाको आधारमा प्रहरी निरीक्षक गणेश ज्ञवालीको कमाण्डमा खटिएको टोलीले जुवा खेल्न प्रयोग गरिएका नखोलेको २३ गड्डी तास र एक गड्डी खोलेको तास समेत वरामत गरिएको प्यूठान प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक नरहरी अधिकारीले जानकारी दिए ।
