लेन मिचेको बालेन सरकार
काठमाडौं : कालै चस्मा, कालै दौरा सुरुवाल, अनि कालै कोट। जेठ १७ गते प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ एकाएक संसद्मा उपस्थित भए। अनि, संसद्को रोस्ट्रमबाट भने, ‘३५ वर्षमा नभएको काम ३५ मिनेटमा खोजेर हुँदैन। समय लाग्छ।’पुराना दलले ३५ वर्षसम्म देशलाई ‘बेथिति, विसंगति, अनियमितता र भ्रष्टाचारको दलदलमा जाकेको’ भन्ने भाष्यसहित सिंहदरबारको साँचो हातमा लिएका बालेन शाह नेतृत्वको सरकारले शनिबार १०० दिन पूरा गर्दैछ। अर्थात्, हनिमुन पिरियड पार गर्दैछ।
