SHARE
अन्नपूर्ण · शनिबार २० असार २०८३ १२:०० PM · 1 मिनेट पढाइ

गोरखामा भेटियो पुरानो मल्लकालीन मन्दिरको भग्नावशेष

गोरखा : गोरखामा गोरखा दरबारभन्दा पुरानो (मल्लकालीन) मन्दिर फेला परेको छ। गोरखा नगरपालिका— १० छेपेटारमा पुरातत्व विभागले दुई वर्षअघि र यो वर्ष गरेको उत्खननबाट त्यहाँ भेटिएको भग्नावशेष मल्लकालीन महादेव मन्दिरको पुष्टि भएको हो।भग्नावशेषमा भेटिएका तथ्य र प्रमाणका आधारमा सो मन्दिर मल्लकालको अन्तिमतिरको भनेर पुष्टि भएको पुरातत्वविद् यमुना महर्जनले जानकारी दिइन्।