धादिङ अदालतको ६७ प्रतिशत मुद्दा फर्छयाैट, सबै भन्दा बढी सम्बन्ध विच्छेदका
धादिङ : धादिङ जिल्ला अदालतले आर्थिक वर्ष २०८२/८३ को असार १८ गतेसम्म कुल दर्ता भएका मुद्दामध्ये ६७ प्रतिशत मुद्दा फर्छयाैट गरेको जनाएको छ । अदालतका श्रेस्तेदार राजेन्द्र लुइँटेलका अनुसार गत आर्थिक वर्षबाट जिम्मेवारी सरेका ३२५ र चालु आर्थिक वर्षमा दर्ता भएका १ हजार १९१ गरी कुल १ हजार ५१६ मुद्दामध्ये १ हजार १७ वटा फर्छयाैट भएका छन् भने ४९९ मुद्दा विचाराधीन रहेका छन् ।उनका अनुसार अदालतले चालु आर्थिक वर्षका लागि ७५ प्रतिशत मुद्दा फर्छयाैट गर्ने लक्ष्य राखेको छ ।
