सीमाको अवस्था बुझ्न विराटनगर आइपुगे गृहमन्त्री, प्रहरीका पूर्वाधार सुधारको प्रतिबद्धता
विराटनगर : गृहमन्त्री सुधन गुरुङले प्रहरी कार्यालयका जीर्ण भवन तथा कमजोर भौतिक पूर्वाधारको सुधारलाई सरकारले प्राथमिकताका साथ अघि बढाउने बताएका छन् । बजेटको सीमितताका कारण निर्माण कार्यले अपेक्षित गति लिन नसकेको स्वीकार गर्दै उनले स्रोत व्यवस्थापन गरी प्रहरीका आवश्यक भवन निर्माणलाई तीव्रता दिइने प्रतिबद्धता जनाएका छन् ।
