ट्रम्पलाई चुनौतीपूर्ण सन्देश दिँदै अली खामेनीको भव्य अन्त्येष्टि गरिंदै, विशाल सुरक्षा
इरान : अमेरिका–इजरायल युद्ध सुरु भएकै बेला मारिएका इरानका सर्वोच्च नेता अली खामेनीको निधन भएको चार महिनापछि इरानले उनको सम्मानमा एक सातासम्म चल्ने भव्य अन्त्येष्टि कार्यक्रम आयोजना गरेको छ । यो कार्यक्रम दुई देशका पाँच सहरमा सञ्चालन हुनेछ र करोडौं शोकाकुल नागरिक सहभागी हुने अपेक्षा गरिएको छ ।विश्वका दुई शक्तिशाली सैन्य शक्तिसँग महँगो युद्ध लडेको र दशकौंदेखि गम्भीर आर्थिक संकट झेलेको इरानले पनि खामेनीलाई धार्मिक प्रतीकवादले भरिएको भव्य विदाइ दिन कुनै कसर बाँकी राखेको छैन ।
