SHARE
अन्नपूर्ण · शनिबार २० असार २०८३ ११:०० AM · 1 मिनेट पढाइ

अख्तियारले भ्रष्टाचार मुद्दा लगाएपछि ठाकुरको सम्पत्ति शुद्धिकरणको माग

रौतहट : रौतहटको राजपुर नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत बैजु ठाकुरसहित अन्य ३ जनाविरुद्ध विद्यालय भवन निर्माणमा भ्रष्टाचारको आरोपसहित विशेष अदालतमा मुद्दा दायर भएको छ । भ्रष्टाचार आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेपछि उनको सम्पत्ति, कार्यशैली र विगतका गतिविधिमाथि समेत स्थानीय स्तरमा व्यापक चर्चा सुरु भएको छ ।