वैदेशिक रोजगारीमा ठगी गर्ने विरुद्ध सरकार आक्रामक
काठमाडौं : वैदेशिक रोजगारीका नाममा सर्वसाधारणलाई ठगी गर्ने र कानुन उल्लंघन गर्नेहरू विरुद्ध सरकारले कारबाही तीव्र पारेको छ। वैदेशिक रोजगार विभाग र प्रहरीको सक्रियताका कारण पछिल्लो समय ठगीमा संलग्न दर्जनौं व्यक्ति र संस्थाहरू कारबाहीको दायरामा आएका छन्।वैदेशिक रोजगार विभागको मुद्दा तथा अनुसन्धान शाखाले शुक्रबारमात्रै वैदेशिक रोजगारीमा ठगी गरेको आरोपमा २५ वटा नयाँ मुद्दा दर्ता गरेको छ।
