SHARE
अन्नपूर्ण · शनिबार २० असार २०८३ १०:०० AM · 1 मिनेट पढाइ

राति अबेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा गृहमन्त्री गुरुङको छड्के !

काठमाडौं : गृहमन्त्री सुधन गुरुङ गएराति अबेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आकस्मिक निरीक्षणमा पुगेका छन्। पटक–पटक सर्वसाधारणबाट विमानस्थलमा बारम्बार सास्ती खेप्नुपरेको र त्यसको समाधान गर्नुपर्ने माग उठेपछि गृहमन्त्री गुरुङ विमानस्थलमा पुगेर सरोकारवाला निकायका उच्च अधिकारीसँग छलफल गरेका हुन्। स्रोतका अनुसार गृहमन्त्री गुरुङले गएराति १०:३० बजे आकस्मिकरुपमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेर त्यहाँबाट हुने सेवा प्रवाहको बारेमा उच्चअधिकारीसँग झण्डै एक घण्टा छलफल भएको छ।