SHARE
पर्दाफास · शनिबार २० असार २०८३ ०३:१९ AM · 1 मिनेट पढाइ

सुनको मूल्यमा ऐतिहासिक उकालो, एक सातामै ११ हजार ६०० रुपैयाँले महँगियो

अन्तर्राष्ट्रिय बजारमा बढ्दो अनिश्चितता र सुरक्षित लगानी (सेफ हेभेन) प्रति लगानीकर्ताको आकर्षण बढ्दै जाँदा नेपाली बजारमा पनि सुनको मूल्यले नयाँ उचाइ छोएको छ । पछिल्लो एक साताको अवधिमा मात्रै सुनको मूल्य प्रतितोला ११ हजार ६०० रुपैयाँले बढ्दै २ लाख ९० हजार ७०० रुपैयाँ पुगेको छ ।