SHARE
पर्दाफास · शनिबार २० असार २०८३ ०३:४४ AM · 1 मिनेट पढाइ

विश्वकपमा मेस्सीको अर्को किर्तिमान, लगातार ८ खेलमा गोल गर्ने पहिलो खेलाडी

अर्जेन्टिनाका कप्तान लियोनेल मेस्सीले फिफा विश्वकपमा अर्को ऐतिहासिक कीर्तिमान कायम गरेका छन् । अमेरिकाको मियामीमा भएको फिफा विश्वकप २०२६ को राउन्ड अफ ३२ अन्तर्गत केप भर्डेविरुद्धको खेलमा गोल गर्दै मेस्सी विश्वकप इतिहासमा लगातार आठ खेलमा गोल गर्ने पहिलो खेलाडी बनेका हुन् ।