SHARE
अन्नपूर्ण · शनिबार २० असार २०८३ ०९:०० AM · 1 मिनेट पढाइ

कार्यवाहकको भरमा रहेको निर्वाचन आयोगले पूर्णता पाउँदै

काठमाडौं : हाल संवैधानिक निकायमा १९ पद रिक्त छन्, तर संवैधानिक परिषद्ले निर्वाचन आयोगमा मात्रै नियुक्तिको प्रक्रिया अगाडि बढाएको छ। प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा बसेको परिषद् बैठकले रिक्त रहेको प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्कीको नाम सिफारिस गरेको छ।मोरङका कार्की हाल सर्वोच्च अदालतको रजिस्ट्रार पदमा कार्यरत छन्। सरकारी वकिलबाट सेवा सुरु गरेका कार्की रजिस्ट्रार पदबाट राजीनामा गरेर संसदीय सुनुवाइको सामना गर्नेछन्।