SHARE
अन्नपूर्ण · शनिबार २० असार २०८३ ०९:०० AM · 1 मिनेट पढाइ

घोषणापत्र एकातिर, काम अर्कोतिर : जनतामाथि धोका

हाम्रो सरकारलाई नै प्रश्न छ— तपाईंहरूले घोषणा गरेका १०० वटा कार्यक्रममध्ये कति वटा कार्यान्वयन भए ? कति वटामा छलफल भयो ? अनि कति वटा घोषणामा मात्र सीमित भए ? सरकारले आफैंले घोषणा गरेका कार्यक्रमहरू हामीले बाहिरबाट हेर्दा कुनै पनि विषयमा खासै परिणाम आउने गरी प्रयास गरेको देखिँदैन। परिणाम नआई प्रयासमात्रै गरिँदै हो भने त्यो पनि सार्वजनिक गर्नुपर्‍यो।उपलब्धिका हिसाबले सरकार यही संविधानअनुसार चुनाव लडेर बनेको हो। रास्वपालाई दुईतिहाइ जनताले विश्वास गरेर मत दिए।