खामेनीको अन्त्येष्टिमा विश्वका नेता तेहरानमा
एजेन्सी /तेहरान: अमेरिकी र इजरायली संयुक्त हवाई आक्रमणमा परी गत फेब्रुअरी २८ मा मारिएका इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीको सातदिने अन्त्येष्टि प्रक्रिया शुक्रबारदेखि तेहरानमा सुरु भएको छ। अन्त्येष्टि तथा शोकसभामा सहभागी हुन विश्वका १०० भन्दा बढी देशका राष्ट्रप्रमुख तथा उच्च कूटनीतिक प्रतिनिधिहरू इरान आइपुगेका छन्।
