‘सेन्सेसन’ होइन, ‘सोलुसन’को यात्रा
सरकारमा सहभागी भएको १०० दिन पूरा हुँदा आम नागरिक, सञ्चारकर्मी र राजनीतिक वृत्तमा अनेकौं प्रश्न र समीक्षाहरू हुनु स्वाभाविकै हो। आखिर कुनै पनि राजनीतिक दल वा नेताले आफ्नो कामको नतिजा देखाउने मुख्य ठाउँ भनेकै सरकार नै हो। मैले यो १०० दिनको अवधिलाई सरकारको एउटा सकारात्मक सुरुवातका रूपमा लिएको छु। हामीले यो १०० दिनमा विशेष गरेर सुशासन र नागरिकसँग प्रत्यक्ष सम्बन्धित विषयहरूमा बढी जोड लगाएका छौं। यो आवश्यक पनि थियो।
