SHARE
पर्दाफास · शनिबार २० असार २०८३ ०१:३८ AM · 1 मिनेट पढाइ

पेनाल्टी सुटआउटमा अस्ट्रेलियालाई हराउँदै इजिप्ट अन्तिम १६ मा

फिफा विश्वकप फुटबलमा इजिप्टले अस्ट्रेलियालाई पेनाल्टी सुटआउटमा पराजित गर्दै अन्तिम १६ मा स्थान सुरक्षित गरेको छ। डलास स्टेडियममा शनिबार बिहान सम्पन्न रोमाञ्चक खेलमा निर्धारित ९० मिनेट र अतिरिक्त ३० मिनेटसम्म दुवै टोलीले १–१ गोलको बराबरी खेलेपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट गरिएको थियो। पेनाल्टीमा इजिप्ट ४–२ गोलले विजयी बन्यो।