SHARE
पर्दाफास · शनिबार २० असार २०८३ ०१:५६ AM · 1 मिनेट पढाइ

सांसदको दबाबपछि कोशी सरकार ब्याक, १ अर्ब पुनः बाँडफाँट गर्दै बजेट संशोधन

बजेट वितरणमा आफ्नै दलका सांसददेखि प्रतिपक्षसम्मको तीव्र विरोध खेपेको कोशी प्रदेश सरकारले अन्ततः बजेट संशोधन गर्ने निर्णय गरेको छ। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमा १ अर्ब रुपैयाँ पुनः बाँडफाँट गर्ने तथा रातोकिताबमा रहेका त्रुटि सच्याउने प्रतिबद्धतासँगै करिब १० दिनदेखि अवरुद्ध प्रदेशसभा बैठक सञ्चालन हुने वातावरण बनेको हो।