SHARE
अन्नपूर्ण · शनिबार २० असार २०८३ ०७:०० AM · 1 मिनेट पढाइ

अस्ट्रेलियालाई पराजित गर्दै इजिप्ट पहिलो पटक राउन्ड अफ १६ मा

काठमाडौं: फिफा विश्वकप २०२६ को नकआउट चरण अन्तर्गत अस्ट्रेलियालाई पेनाल्टी सुटआउटमा पराजित गर्दै इजिप्ट राउन्ड अफ १६ मा प्रवेश गरेको छ।डालास स्टेडियममा भएको खेलमा इजिप्टले अस्ट्रेलियालटई पेनाल्टी सुटआउटमा ४-२ ले पराजित गरेको हो। नियमित ९० मिनेटको खेलमा १-१बराबरीमा सकिएको थियो। त्यसपछि यी दुई टोलीले ३० मिनेट अतिरिक्त समयमा पनि खेले। अतिरिक्त समयमा पनि गोल निस्किन नसकेपछि खेलको नतिजा पेनाल्टी सुटआउटबाट निर्धारण भएको हो।